‘शहरमा जस्तो गाउँमा निराशा छैन, गाउँका जनता उत्साही र खुसी छन्’


२३ श्रावण २०७६, बिहीबार
major rai

काठमाडौं, २३ साउन : मेजर राई स्थानीय तहको निर्वाचन तहको निर्वाचन हुन करिब एक महिना अघिसम्म रोजगारीको क्रममा दक्षिण कोरियामा थिए । करिब सात वर्ष दक्षिण कोरियामा सुखदुःख र अनेक अप्ठ्यारो खेपेका राई स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै नेपालमा आएर गाउँको समृद्धिमा लाग्ने अठोट गरे । गाउँ फर्किन साथ तात्कालिन नेकपा माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिका उदयपुरको अध्यक्षको उम्मेदवारको टिकट पनि हात पारे । गाउँको विकासको निम्ती उनको योजना र उर्जा देखेर उनलाई पार्टी नेतृत्वले विश्वास गरे ।

गाउँपालिका जनतासँग उनी उतिधेरै परिचित थिएनन् तर उनको योजना सुनेर उनलाई विश्वास गरे । र, उनी देश फर्किएको करिब एक महिनामै लिम्चुङबुङ गाउँपालिका उदयपुरको अध्यक्षमा निर्वाचित भए । लिम्चुङबुङ गाउँपालिका उदयपुरको दुर्गम र भौतिक संरचना निर्माणको हिसाबले कमजोर गाउँपालिका हो । तर, यो दुई वर्षभित्रमा लिम्चुङबुङ गाउँपालिमा निकै ठुलो परिर्वतन आएको उनको अनुभव छ । खानेपानी, सडक, इन्टरनेट, कृर्षि, शिक्षा आदि क्षेत्रमा धेरै ठुलो परिर्वतन आएको उनले बताए । शहरमा सरकारप्रति बिरोध, आक्रोश र निराशा देखिएपनि गाउँमा स्थानीय सरकारहरुको कामले जनता खुसी र उत्साही भएको उनको भनाई छ । उनले भने, ‘शहरमा जस्तो गाउँमा निराशा छैन, गाउँका जनता उत्साही र खुसी छन् ।’

यो दुई वर्षको अनुभवका आधारमा आगमी ३ वर्षभित्रमा गाउँको विकासमा धेरै ठुलो काम गर्न सकिने उनको विश्वास छ । भन्छन्,‘हाम्रो कार्यकालभित्रमा गाउँमा धेरै ठुलो परिर्वतन हुनेछ ।’ त्यसो त उनले अनेकौं उदाहरणीय काम समेत गरेका छन् । अधिकांस गाउँपालिका प्रमुखहरुले मात्रै होइन वडाअध्यक्ष समेतले आफ्नो लागी विलासी गाडी किनिरहेका छन् । तर, उनले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस निर्णय गरेका छन् ।

उदयपुरको  जिल्लाकोे चार नगरपालिका र चार गाउँपालिकामध्ये चार नगरपालिकाले यसअघि नै प्रमुख तथा उपप्रमुखका लागि गाडी किनिसकेको छ । तीन गाउँपालिकाले पनि अध्यक्ष तथा उपाध्यक्षका लागि गाडी किनेका छन् । तर, उनले भने गाउँपालिकाका जनताको सुबिधाका लागि बस किन्ने निर्णय गरेका छन् ।

Mejar rai chairman limchinbung ghaupalika 2

जिल्लाको सदरमुकाम गाईघाट, मुर्कची हुँदै हलेसी सडकमार्ग खण्डको लिङचुङबुङसम्म यातायात सञ्चालनको लागि बस किन्ने निर्णय गरेका हुन् । भने, ‘हाम्रो गाउँपालिका उदयपुरको विकट पहाडी क्षेत्रको गाउँपालिका हो, जनताका लागि जिल्लाको सदरमुकाम गाईघाट वा मुर्कुची बजारसम्म आवतजावतका लागि सार्वजनिक यातायातको साधन छैन, हामी जनप्रतिनिधिका लागि किन सेवा सुविधा चाहियो, पहिला जनताको सुविधाका लागि दुईवटा बस किन्न करीब रु ५९ लाख छुट्याएका छौं ।’
हेरनुहोस् अध्यक्ष राईसँग गरिएको कुराकानी :-

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७