गाउँपालिका अध्यक्षलाई धम्क्याएर दुई करोड मागेपछि प्रहरीले हान्यो लोप्साङ्गलाई गोली


२४ श्रावण २०७६, शुक्रबार
gun

काठमाडौं, २४ साउन । काठमाडौंको स्वयम्भूमा लोप्साङ्ग भनिने विजय लामामाथि प्रहरीले गोली हान्नुको कारण दुई करोडको धम्कीसँग जोडिएको रहस्य खुलेको छ ।

स्वयम्भूको बिजेश्वरी हाउजिङमा गोली हानेर पक्राउ गरिएका लामाले रामेछापका एक गाउँपालिकाका अध्यक्षलाई धम्क्याउँदै दुई करोड रकम माग गरेको पाइएपछि गोली हानेर नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ । लामाले काठमाडौंमा बसेर टेलिफोनमार्फत रामेछाप लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्की दिंदै दुई करोड माग गरेको पाइएको प्रहरीले जनाएको छ ।

लामाले राजधानीमा रहेर दुई करोड चाहिंने भन्दै धम्की दिंदै आएको पाइएपछि पक्रन गोली चलाइएको प्रहरी महाशाखाले जनाएको छ ।

उनको घुँडामा दुई गोली लागेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । प्रहरी टोलीलाई देख्ने वित्तिकै भागेपछि पक्रन उनमाथि गोली चलाइएको थापाले बताए । गोली लागेका तामाङलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७