नेपालले विश्वकप छनोटको ‘होम गेम’ कुवेतमा खेल्ने, कुवेतले नेपालमा


२४ श्रावण २०७६, शुक्रबार
football

काठमाडौं, २४ साउन । नेपालले फिफा विश्वकप फुटबल २०२२ का लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएको छ । नेपालले पहिलो होम खेल कुवेतसँग उसैको घरेलु मैदानमा र कुवेतले नेपालमा खेल्न लागेको हो ।


एन्फाले नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा हुने जानकारी दिएको छ । नेपालले पहिलो खेल सेटेम्बर ५ मा कुवेतसँग खेल्नेछ । उता कुवेतले उसको ‘होम गेम’ भने नेपालमा आएर खेल्ने एन्फाले बताएको छ । नेपाल र कुवेतबीचको दोस्रो खेल १९ नोभेम्बरमा नेपालको दशरथ रंगशालामा हुनेछ । 

नेपालले विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेल कुवेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्नुपर्नेछ ।

पुनर्निर्माण भइरहेको दशरथ रंगशाला समयमा तयार नहुँदा कुवेत, चाइनिज ताइपेई र जोर्डनसँगको खेलतालिका फेरवदल गरी नेपालले घरेलु मैदानमा खेल्ने खेलपछि सारिएको हो । अष्ट्रेलियासँगको खेल तालिका भने फेरबदल गरिएको छैन ।

नेपालले पहिले अवे (घरेलु मैदानबाहिर) खेल खेल्ने गरी तालिका फेरबदल गरिएको जानकारी दिए । यसअघि फिफाले निकालेको खेल तालिकाअनुसार सुरुमा नेपालले कुबेत, चाइनिज ताइपेई र जोर्डनसँग पहिले होम खेल खेल्नुपर्ने थियो । तर मैदान तयार नभएकाले एन्फाको अनुरोधमा खेल तालिका संशोधन गरिएको हो ।

नेपालले चाइनिज ताइपेइसँग अवे खेल भदौ २४ गते हुनेछ । होम खेल भने चैत १३ गते हुनेछ । जोर्डनसँगको अवे खेल असोज २८ गते र होम खेल जेठ २२ गते खेल्नेछ । नेपालले अष्ट्रेलियासँग अवे खेल असोज २३ गते खेल्दैछ भने होम खेल चैत १८ गते खेल्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७