१९ वर्षीय भारतीय युवा खेलाडी गिलको नयाँ रेकर्ड


२४ श्रावण २०७६, शुक्रबार
Shubhman Gill

काठमाडौं, २४ साउन । भारतीय युवा खेलाडी शुभमन गिलले वेस्टइन्डिज ए विरुद्ध दोहोरो शतक बनाउदै नयाँ रेकर्ड बनाएका छन् ।

वेस्टइन्डिज ए विरुद्ध जारी अनधिकृत टेस्ट सिरिजमा गिलले अटआउट २०४ रनको पारी खेल्दै नयाँ रेकर्ड बनाएका हुन् । उनले १७ बर्ष अगाडी गौतम गम्भीरले बनाएको रेकर्ड तोडेका हुन् ।


गीलले १९ बर्ष ३३४ दिनमा यस्तो रेकर्ड बनाए । यस अघि गौतम गम्भीरले सन् २००२ मा २० बर्ष १२४ दिनमा प्रेसिडेन्ट एघारबाट खेल्दै जिम्बाबेका विरुद्ध दोहोरो शतक बनाएका थिए ।

Shubhman Gill
यस्तै उनी फस्र्ट क्लास क्रिकेटमा भारतको तर्फबाट कम उमेरमा दोहोरो शतक बनाउने खेलाडी समेत बनेका छन् । भने भारत बाहिर विदेशी जमिनमा खेलिएको फस्र्ट क्लास क्रिकेटमा दोहोरो शतक बनाउने युवा खेलाडी समेत बनेका छन् ।


गिलले आफ्नो पारीमा २४८ बलमा १९ चौका र २ छक्का प्रहार गर्दै २०४ रन बनाएका थिए । यस खेलको पहिलो इनिंगमा गिल डक आउट भएका थिए । उनले पाँचौ विकेटका लागि हनुमा बिहारीसँग मिलेर ३१५ रनको साझेदारी गरेका थिए । हनुमा बिहारीले अनि विजित ११८ रन बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७