इङ्लिस प्रिमियर लिग : लिभरपुलको शानदार शुरुवात, नर्विस सिटीलाई हरायो


२५ श्रावण २०७६, शनिबार
liver

काठमाडौं, २५ साउन । साविकको उपविजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा शानदार शुरुवात गरेको छ ।

सिजनको पहिलो खेलमा नर्विच सिटीमाथि ४–१ को जित निकाल्दै लिभरपुलले लिगको शुरुवात गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा नर्विच सिटीले एक गोल फर्काएको थियो ।

नर्विचका ग्रान्ट ह्यानको आत्मघातिको गोलमा सातौ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो । मोहमद सलाहाले १९ औ मिनेटमा गोल गर्दैै लिभरपुलको अग्रतालाई दोब्बर बनाउ ।

भर्जिल भान डिजिकले २८ औ मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । कर्नरबाट आएको बललाई उनले हेडमार्फत गोल गरेका थिए । डिभोक ओरिजीले ४२ औ मिनेटमा लिभरपुललाई ४–० को स्थितिमा पुर्‍याए ।

ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको लामो पासलाई सदुपयोग गर्दै ओरिजीले गोल गर्न सफल भएका थिए । ६४ औ मिनेटमा नर्विच सिटीका लागि टिमु पुक्कीले गोल गरेपनि पराजयको दूरी भने मेटाउन सकेनन् । जितसँग प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले ३ अंक हात पार्‍यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७