श्रीमानलाई निद्राको औषधि खुवाएर प्रेमीसँग हर्कत


२५ श्रावण २०७६, शनिबार
murderer

काठमाडौं, २५ साउन । एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानकै हत्या गरेकी छिन् । यो हत्याको रहस्य पुलिसले सुल्झाएको छ । हत्या गर्ने पत्नी सिमर कौरलाई पक्राउ गरिएको छ ।

उनका प्रेमी अझै पनि फरार रहेको बताइएको छ । आज तकको समाचारमा उल्लेख भएअनुसार घटना पंजाबको तरनतारन जिल्लाको पल्लासोर गाउँको हो । हत्या गरेपछि सिमर प्रेमीसँग नै भागेकी थिइन् । सिमरलाई पक्राउ गरिएको भए पनि प्रेमी फरार नै छन् ।

मृतककी कान्छी छोरीका अनुसार गाउँकै एक युवक उनकी आमासँग दिनहुँ भिडियो कल गर्थे । उनको घरमा पनि आउने जाने गरिरहन्थे । आमाले साँझ खानामा निद्राको औषधि दिएर पितालाई सुताउँथिन् त्यपछि प्रेमीसँग फोनमा भिडियो कल गर्थिन् ।

पुलिस चौकी प्रमुख गुरचरण सिंहका अनुसार सिमरले २३–२४ जुलाइको रातमा पतिलाई निद्राको औषधी खुवाएर निदाएको अवस्थामा घाँटी थिचेर मारेकी थिइन् । यसको योजना उनले पहिल्यैदेखि बनाएकी थिइन् । उनका प्रेमी लभप्रितको खोजी भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७