आन्दोलित म्यादी प्रहरीमाथि लाठी प्रहार, आठ जना घाइते


३ पुष २०७४, सोमबार
myadi
फाइल तस्बिर ।

दाेलखा : म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् ।  सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको काम समेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

myadi

सदरमुकाम चरिकोटमा साेमबार आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी घाइते भएका छन् । त्यस क्रममा म्यादी प्रहरी संगीत नेपाली गम्भीर घाइते भएको म्यादी प्रहरी राजन बस्नेतले बताए । अन्य सातजनाको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ ।
घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । म्यादीका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ ।
खाना खुवाएवापत प्रहरी जवानबाट प्रतिछाक रु ६० काटे पनि जिप्रकाले म्यादीबाट भने रु ९५ प्रतिछाक पैसा काटिदिएपछि आन्दोलनमा उत्रनु परेको म्यादी प्रहरी नेत्रकुमारी घतानीले बताए । त्यसैगरी, महिला म्यादीमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुले गरेका छन् ।
जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएको समेत उनीहरुको आरोप छ । आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७५५ जना म्यादीले बर्दीको कपडा नै लगाएर सडकमा उत्रेका छन् ।
हाल जिल्ला प्रहरी कार्यालय दोलखाको कार्यकक्षमा म्यादी प्रहरीका १० जना प्रतिनिधि र प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीबीच वार्ता निष्कर्षमा पुग्न सकेन् । प्रनाउ कार्कीले वार्ताबाट समस्या समाधान गर्ने बताउँदै जथाभावी आन्दोलन नगर्न म्यादीलाई आग्रह गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले म्यादीहरुलाई रासनमा बढी रकम नलिईएको दाबी गरे। ‘उनिहरुले रासनबारे समस्या लिएर आएपछि मैले कोर्ट मास्टर र लेखाका कर्मचारीलाई बोलाएर सोध्दा म्यादीको जम्मा ७० रुपैयाँ प्रति छाकका दरले रकम काटिएको रहेछ’उनले भने – तर उनिहरु भित्रै २० दिनको ३८ सय ९प्रति छाक ९५ रुपैयाँ ० रकम काटिएको गलत सूचना फैलाएर आन्दोलन गर्न लगाईयो।’
उनले समस्या सामाधान भईसकेको समेत बताए। म्यादीको गुनासो पछि आफुले ७० प्रति छाकको रकम ६५ मा मात्र लिने गरी सहमती गराईएको सुनाए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७