याक्खा भाषाको एकैसाथ चार म्युजिक भिडियो सार्वजनिक


२६ श्रावण २०७६, आईतवार
yakhha caste

धनकुटा, २५ साउन । अल्पसंख्यक जातिको रूपमा रहेको याक्खा समुदायको पहिलो पटक एकैसाथ ४ वटा याक्खा भाषाको म्युजिक भिडियो निर्माण भएको छ । उक्त म्यूजीक भिडियो गत शनिबारका दिन नेपाल र यूकेमा एकैसाथ रिलिज भएको हो ।

किराँत याक्खा छुम्मा युके र युके निवासी याक्खाहरुको सहयोगमा उक्त म्युजिक भिडियो निर्माण गरिएको हो । याक्खा पालाम शब्द आइतराज याक्खा, स्वर आइतराज याक्खा र मनु नेम्बाङ, सङ्गीत टेकेन्द्र याक्सो , कानिङयाक्खाबा”, शब्द सङ्गीत अजय याक्खा, स्वर मिना राई, माङ्चुवाछेम्ना”शब्द—आइतराज याक्खा, स्वर ललित जिमि, संगीत खगेन्द्र याक्सोको रहेको छ भने खिङ्गउचुना वेन्वे एङ्गा तेन्वे , शब्द लालमाया याक्खा, सँगित अजय र स्वर यासिमा याक्खा र राजेन्द्र जीमीको रहेको छ । yakhaa

उक्त म्युजीक भिडियोको छायांकन धनकुटा र सङ्खुवासभाका विभिन्न याक्खा बस्तिमा गरिएको छ । सम्पुर्ण गीतहरुमा याक्खा जातिको भाषा , सस्कार ,सँस्कृती, भुमीको गुणगान साथै सँरक्षण र सम्वर्धनमा जोड दिएको छ । बिष्णुदेव कोङ्ग्रेनको प्रस्तुती रहेको म्युजिक भिडियो निर्माणको संयोजन प्रेम जिमिले गरेका छन् ।

भिडियोको निर्देशन जोगमाया लुम्बाले गरेकी छिन् । यस भन्दा अघि नेपाली चलचित्र जीवनकाँडा कि फुल, मिराज र गोलमा अभिनय गरिसकेकी उनले विभिन्न सचेतामुलुक सन्देशहरुको निर्देशन समेत गरिसकेकी छिन् । उनी सञ्चारकर्मी समेत हुन् ।

उक्त म्युजिक भिडियोमा कलाकारहरु जोगमाया लुम्बा, अजय याक्खा, रिवाच याक्खा, आईतराज याक्खा, कल्पना याक्खा, बिश्व याक्खा ,खुमन याक्खा, उर्मिला याक्खा, सुस्मीता याक्खा, रीमा याक्खा, सुगम राई, कविता याक्खा ,जीवन याक्खा, सोना याक्खा ,ललित याक्खा ,कृष्णा याक्खा साथै र्मिमिरे क्लबतामाफोक र किरात याक्खा साँस्कृति ककलाकार सँघ धरानका कलाकारहरुले अभिनय रहेको छ ।

हेर्नुहाेस् भिडियाेहरू

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७