लाइफ इन्स्योरेन्सको १७ औँ साधारण सभा सम्पन्न, ७० प्रतिशत लाभांशको दिने


२६ श्रावण २०७६, आईतवार
LIC Nepal 1

काठमाडौ,२५ साउन । ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड’ले शुक्रबार राजधानीमा आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट कम्पनीले सेयर लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने जनाएको हो ।

आर्थिक बर्ष २०७५र७६ को नाफाबाट एलआईसी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३४।४६ प्रतिशत बोनश सेयर तथा ३५.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।


साधारण सभामा एलआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मीप्रसाद दासले भने(‘अहिले हाम्रो व्यापारिक अवस्था राम्रो भइरहेको छ, सोही कारण सेयरधनी लगानीकर्ताहरु ढुक्क हुनुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ उनले आगामी दिनमा आफ्नो इन्स्योरेन्स कम्पनी नयाँ योजनाका साथ अघि बढ्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७