श्रृङ्खला, करिष्मा र मञ्जुलाई ‘फेसन एण्ड मोडल अवार्ड’ प्रदान


२६ श्रावण २०७६, आईतवार
award

काठमाडौं, २६ साउन । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले ‘पपुलर पिजेन्ट टाइटल विनर अवार्ड २०१९’ को उपाधि प्राप्त गरेकी छन् । राजधानीको भृकुटीमण्डस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘फेसन एण्ड मोडल अवार्ड २०१९’ उनले सो अवार्ड हात परेकी हुन् ।

विभिन्न ५४ वटा विधामा अवार्ड बाँडिएको कार्यक्रममा फेसन कोरियोग्राफर विधातर्फ रोजिन शाक्य र जयन सुब्बा मानन्धरले लिजेन्ड्री कोरियोग्राफरको अवार्ड पाइन् । कोरियोग्राफरकै विधामा अनिश महर्जन र हिमानी सुब्बाले वेष्ट कोरियोग्राफरको अवार्ड हात पार्न सफल भएका छन् ।

मोडल विधातर्फ दिक्पाल कार्कीले पपुलर इन्टरनेसनल नेपाली मोडलको अवार्ड जिते भने रुबिस्का श्रेष्ठ र शेराप ग्याल्सेनले वेष्ट मोडलको अवार्ड हात पार्न सफल भए । मोडल विधामै कला सुब्बालाई लेजेन्ड्रि मोडलको अवार्ड दिइएको छ ।

फेसन डिजाइनर विधातर्फ रविन क्रिएसनका रबिन परियार तथा वाउ फेसन बुटिककी पुष्पा राई चालिसेले बेस्ट फेसन डिजाइनरको अवार्ड प्राप्त गरेका छन् । ड्रिम वेयर फेसनका मञ्जु बन्जारा ढकालले फेसन डिजाइनर अफ द डिकेडको अवार्ड जितिन् । पूर्व मिस नेपाल उषा खड्गीले एभरग्रिन एण्ड पपुलर मिस नेपालको अवार्ड जित्न सफल भइन् ।

पेजेन्ट नेपाल ईन्टरनेशनल आयोजक रहेको अवार्ड कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले अल टाइम फेसन डिभाको अवार्ड हात पारिन् । अवार्ड अन्तर्गतको अर्गनाइजर विधातर्फ मिस नेपालको आयोजक संस्था हिटन टे«जरका गोपाल सुन्दर लाल कक्षपतीले बेस्ट मिस पेजेन्ट अर्गनाइजरको अवार्ड जित्न सफल भएका छन् ।

यही विधामा बेस्ट मिस्टर पेजेन्ट अर्गनाइजरको अवार्ड मिस्टर नेपालका आयोजक एक्सपोज नेपालकी अर्चना बस्नेतले जितिन् । बेस्ट कम्युनिटी बेस्ड पेजेन्ट अर्गनाइजरको अवार्ड पेज थ्रि हुट कुचरका रेखा मोदी मित्रुकाले जितिन् । बेस्ट किड्स पेजेन्ट अर्गनाइजरको अवार्ड इनोभेसन इभेन्ट्स म्यानेज्मेन्टका महेश केसीले जितेका थिए ।

कार्यक्रममा कमल खतिवडाले बेस्ट इभेन्ट डाइरेक्टरको अवार्ड जिते भने जोर्डन राजभण्डारीले बेस्ट इभेन्ट मेनेजरको अवार्ड । यसैगरी वेष्ट फेसन जर्ना्लिष्टको अवार्डमा कृष्ण भट्टराईको नाम दर्ता भयो भने वेष्ट पेजेन्ट एमसीको अवार्ड रोजिन शाक्यले हात पार्न सफल भए ।

कार्यक्रममा वेष्ट किड्स, टिन मोडल, मेकअप आर्टिष्ट, हेयर स्टाइलिष्ट देखि मोफसलका पेजेन्ट आयोजक, कोरियोग्राफर, पेजेन्ट विजेता लगायतका विधामा पनि अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७