अबको लक्ष्य आर्थिक समृद्धिको : भवानी राणा


४ पुष २०७४, मंगलवार
bhawani rana31

दाङ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अबको लक्ष्य आर्थिक समृद्धिको हुनुपर्ने बताएकी छिन् । bhawani rana31
तुलसीपुर उद्योग वाणिज्य संघको २४औँ साधारणसभा तथा रजत जयन्ती कार्यक्रममा उनले भने, ‘देशमा राजनीतिक उपलब्धि पूरा भइसकेको र स्थानीय तथा केन्द्रीय सरकार गठनसँगै मुलुक अब आर्थिक समृद्धितर्फ जान्छ ।’
अध्यक्ष राणाले, ‘अबको पाँच वर्ष स्थिर सरकार बन्नेछ, त्यो हाम्रा लागि खुशीको कुरा हो, त्यससँगै अब उद्योग–कलकारखाना स्थापना र व्यवसायीले ढुक्क सँग व्यापार–व्यवसायी गर्नु हुनेछ, भनिन् ।
पटक पटक सरकार परिवर्तनले पनि देशमा विकास हुन नसकेको उल्लेख गर्दै उहाँले अब देशमा लगानी मैत्री वातावरण निर्माण गरी देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।
अध्यक्ष राणाले निजी क्षेत्रले स्थानीय सरकारसँग मिलेर मुलुकको समृद्धिका लागि काम गर्ने बताउँदै मुलुकको समृद्धिका लागि अपार सम्भावना बोकेका पर्यटन, कृषि, जलविद्युत्जस्ता क्षेत्रमा निजी क्षेत्रले सहकार्य गर्ने धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७