एमबिएसको प्रश्नपत्र आउट, पाँच जना पक्राउ


२७ श्रावण २०७६, सोमबार
pakrau 1 पक्राउ arrest

धनुषा, २७ साउन । जनकपुरमा एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहेका ५ जना पक्राउ परेका छन् । स्थानीय राराव क्याम्पसमा परीक्षा शुरु भएलगत्तै एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका थिए ।

सोमबार राराव क्याम्पसमा परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेलगत्तै एमबीएस प्रथम सेमेस्टरमा सहभागी एक परीक्षार्थीले नै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेको आरोपमा एक पसल सञ्चालकसहित पाँच विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।

परीक्षा हलबाट सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराइरहेको अवस्थामा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने लिलाराज शिवभक्ति, जनकपुरधाम उपमहानगरपालिका वडा १२ बस्ने सोनुकुमार साह, सोही स्थानका लालबाबु मण्डल, सोही स्थानका सुजितकुमार मण्डल र सर्लाही इश्वरपुरका अविनाश महतोलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले जानकारी दिएका छन् ।

राराब क्याम्पसमा एमबीएस प्रथम सेमेस्टर अन्तर्गत तथ्याङ्कशास्त्र विषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको थियो । स्थानीय सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरिक्षक खनालले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७