‘निर्वाचनमा हारजीत हुनु स्वाभाविक हो, हारेपनि जनताको सुख–दुःखमा साथ दिइरहनेछु’


४ पुष २०७४, मंगलवार
Ramchandra Poudel 11.jpg

काठमाडौं : नेपाली काँग्रेसका शीर्ष नेताहरुले वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि आफू कति पनि विचलित नभएको बताएका छन् । Ramchandra Poudel 11.jpgव्यास नपा–१० को खहरेमा सोमबार आयोजित कार्यक्रममा उनले भने,‘निर्वाचनमा हारजीत हुनु स्वाभाविक प्रक्रिया हो, आफू पराजित भए पनि कति पनि विचलित भएको छैन्, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु ।’
वरिष्ठ नेता पौडेलले संसद्ले पूर्णता नपाएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्ने कुरै आउँदैन ।  ‘राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित भएपछि हामी जुनसुकै बेला सरकार छोडिहाल्छौँ’, उनले भने ।
मुलुकको लथालिङ्ग अवस्थालाई छोडेर प्रधानमन्त्रीले राजीनामा गर्न नमिल्ने बताउँदै उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न काँग्रेस आतुरसमेत रहेको धारणा व्यक्त गरे ।
वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन सम्पन्न गरी गाउँ–गाउँमा सिंहदरबार पु¥याएको उल्लेख गर्दै अब जिल्लाकै विकासमा आफू जनप्रतिनिधिसँग हातेमालो गर्दै लागिरहने बताए ।
निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन नेता पौडेल अहिले उनीहरुको घरदैलोमा पुगिरहेको छ । यसैक्रममा बैरेनी, व्यास–७ को कलेस्ती, व्यासको छापथोक, वडा नं ८ को कोटथोक, व्यास–९ को बेलभञ्ज्याङ, कात्तिकेचौर, दलभञ्ज्याङ, तारुका, गैह्रीसरा, माझथर, पुलिम¥याङ लगायतका मतदातासँग भेटी सहयोग पु¥याएको भन्दै नेता पौडेलले उनीहरुलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७