२०७६ साउन २८ गते मंगलबारको तपाईको राशिफल


२८ श्रावण २०७६, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउने छ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तर्क, विवाद र प्रतिष्पर्धामा पकड भएको समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिष्पर्धामा विजयी भइने छ । जमघटमा सहभागी भईएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आकस्मिक धन लाभ पनि हुनेछ । हल्लाको भर परे दुःख पाइने छ, तर मिहिनेत गर्दा प्रगति मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काममा केही प्रतिष्पर्धा र चुनौती सामना गर्नुपर्ला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दा मामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक, व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साँझमा आर्थिक संकट आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७