हारेको होइन सारेको : स्वेता खड्का


४ पुष २०७४, मंगलवार
chri chhata pari dayahang and sweta

काठमाडौं : माघ २६ गते प्रदर्शनको हुने भनिएको फिल्म ‘कान्छी’ ले आफ्नो प्रदर्शन मिति सारेको छ । सुटिङ सुरू भएकै थिएन, नायिका तथा निर्मात्री श्वेता खड्काले नयाँ फिल्म कान्छीको प्रदर्शन मिति २६ माघमा घोषणा गरिन् । सुटिङ सक्नासाथ धमाधम सम्पादन गरियो । chri chhata pari dayahang and sweta
अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको फिल्म अब फाल्गुन ४ गते प्रदर्शन हुने तय भएको छ । श्रीकृष्ण श्रेष्ठको देहान्तपछि उनी पहिलोपटक पर्दामा देखिन लागेकाले कान्छी प्रतीक्षित बनेको छ ।
२६ गते नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ प्रदर्शनमा आउन लागेको छ । कृ एक्लै मैदानमा आउने छ । सोही मितिमा अनमोल केसीका कारण हटकेक बनेको कृ आउने भयो ।
फिल्म सारेपछि उनले आफूलाई कुनै पनि चलचित्रसँग जुध्न मन नलागेको बताएकी छिन् । श्वेता भन्छिन् ‘ कृ टिमसँग धेरै छलफल गर्ने कोसिस गर्दा पनि कुनै निर्णय नभएपछि म आफैँ सरेको हुँ ।’ उनले भनेकी छिन्, ‘फिल्म सार्नु भनेको हार्नु होइन।’
फिल्ममा श्वेताको साथमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । आकाश अधिकारी निर्देशित चलचित्रको केही समय अघि एउटा गीत सार्वजनिक भइसकेको छ । जुन गीतले युट्युबमा ५० लाख बढी भ्युज् पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७