मेशिनबाट सेनेटरी प्याड


२८ श्रावण २०७६, मंगलवार
sanitary pad in school

कञ्चनपुर, २८ साउन । विद्यालयमा अध्ययनरत् छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेशिन’ जडान गरेको छ ।

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेशिन जडान गरिएको बताए । नगरपालिकाले रु २६ लाख ३३ हजारमा सो मेशिन जडान गरेको हो ।

महिनावारी भएको बेला पनि छात्राहरुलाई सहज हुने भएकोले मेशिन विद्यालयमै जडान गरिएको नगर प्रमुख चन्दको भनाइ थियो । ‘महिनावारी भएका बेला छात्राहरु विद्यालय नआउने र बीचमै पढाइ छाड्ने लगायतका समस्या नदेखिउन भनेर निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।’ चन्दले भने, ‘सरकारले पनि चालू आवमा सबै सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भनेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७