एक ट्वीटपछि अमेरिकी दूतावासले फेरि बोलायो सन्दीपलाई


२८ श्रावण २०७६, मंगलवार
Sandeep Lamichhane सन्दीप लामिछाने

काठमाडौं, २८ साउन । बिना कारण रोकिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि बोलाएको छ ।

बिहान अन्तरवार्ताका लागि बोलाएर भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि बोलाएको हो । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न भिसा अप्लाई गरेका थिए । तर, कुनै कारण बिनै सन्दीपको अमेरिकाले भिसा अप्लाई गर्न अस्वीकार गरेको थियो ।

भिसा अस्वीकार भएपछि सन्दीपले चकित भएको प्रतिक्रियासहित ट्वीट गरेका थिए । लगत्तै दूतावासले सन्दीपलाई दूतावास बोलाएको हो । नेपालले एक दिवसीय सिरिज अमेरिकासँग ६ महिनापछि खेल्ने भएकाले पनि सन्दीपले भिसा अप्लाइ गरेका हुन् ।

विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय खेल खेलिसकेका सन्दीपले आफू लुक्नका लागि भिसा अप्लाइ नगरेको प्रतिक्रिया दिएका छन् । उनले आफूलाई अमेरिकाले भिसा नदिएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

सन्दीपले ट्वीटमा लेखेका थिए, ‘आउँदो क्यारिबियन प्रिमियर लिग (सीपीएल–२०१९) का लागि आज (मंगलबार) म नेपालस्थित अमेरिकी राजदूतावासमा गएको थियो । राष्ट्रिय खेलाडीका रुपमा मैले २०१६ देखि विभिन्न विश्वका लिगमा सहभागिता जनाउँदै आएको छु । मेरो भिसा अस्वीकार हुँदा म ठूलो आश्चार्यमा परे ।’

सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । उनले लेखेका छन्, ‘मसँग कुनै शब्द थिएन् र म हाँस्दै ती सबैकुरा हेरिरहेको थिएँ । मैले सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे । खेलाडीका रुपमा यसले मलाई सीपीएलमा खेल्न समस्या पार्नेछ ।’

सन्दीपले ट्वीटमा नेपालस्थित अमेरिकी राजदूतावास, राजदूत एन्डी बेरी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री युवराज ज्ञवाली लगायतलाई मेन्सन गरेका थिए । सीपीएल आगामी सेप्टेम्बर ४ तारिखबाट शुरु हुँदैछ । त्यसका लागि सन्दीप यही अगष्ट अन्तिम अथवा सेप्टेम्बर पहिलो साता वेष्ट इण्डिज उड्ने योजनामा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७