कुलमानको कमाल : प्राधिकरण ७ अर्ब नाफामा


२८ श्रावण २०७६, मंगलवार

काठमाडौं, २८ साउन । काम गर्ने इच्छाशक्ति र नेतृत्व क्षमता भयो भने असफलताबाट पनि सफलतातिर मोडिन सकिने कुरा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कामले पुष्टि गरेको छ ।

घिसिङकै निगरानी र निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गर्न सफल भएको छ ।

सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५–७६ मा प्राधिकरण ७ अर्ब २० करोड नाफामा रहेको जानकारी गराएका छन् । आर्थिक वर्ष २०७४–७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो । यो तुलना गर्दा २०७४–७५ मा भन्दा १४९ प्रतिशतले धेरै हो ।

यस्तै ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ । यस्तै चुहावट पनि १५.३२ प्रशितमा झरेको छ । यो अघिल्लो वर्ष भन्दा ५.१३ प्रतिशतले कमी हो । आव २०७४–७५ मा चुहावट २०.४५ प्रतिशत रहेको थियो ।

यस्तै गत वर्ष ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएको छ । यसमध्ये प्राधिकरणको ३४ प्रतिशत, निजी उत्पादकको २९ प्रतिशत र भारतबाट ३७ प्रतिशत आयात भएको छ ।
यस्तै अहिलेसम्म ७८ प्रतिशत अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ ।

गत वर्ष मात्रै १०५ ग्राहक बढेका छन् । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब प्राधिकरणमा धेरै सुधार भएको र अब पछाडि नजाने बताएका छन् । विद्युत क्षेत्रमा भइरहेका काममा कहिं कतैबाट अवरोध नपुगेको खण्डमा देश उर्जाको क्षेत्रमा चाँडै नै अगाडि बढ्ने उनले दावी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७