एनआईसी एशिया बैंक र मर्सिसिटी अस्पतालबीच सेवा सम्झौता


२८ श्रावण २०७६, मंगलवार
nic 1

काठमाडौं, २८ साउन । एनआईसी एशिया बैंक लिमिटेड र मर्सिसिटी हस्पिटल (अस्पताल) प्रालि बुटवल, रुपन्देहीबीच सेवा सम्झौता भएको छ ।

बैंकका ग्राहक र कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश–५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र मर्सिसिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक गोपालप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताले ग्राहक तथा कर्मचारीहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३४ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

१७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७