प्रचण्ड पुत्र प्रकाशका नाममा विदेशी बैंकमा रकम भएको प्रमाणित गर्न चुनौती


२८ श्रावण २०७६, मंगलवार
prachandd

काठमाडौं, २८ साउन । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र दिवंगत प्रकाश दाहालका विषयमा आइरहेका टीकाटिप्पणीप्रति प्रचण्डको सचिवालयले आपती जनाएको छ ।

अध्यक्ष दाहालको सचिवालयले दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको भन्ने प्रचारलाई प्रमाणित गर्न चुनौति दिएको छ । अध्यक्ष प्रचण्डको सचिवालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै प्रकाशको नाममा विदेशका कुनै पनि बैङ्कमा खाता र पैसा नरहेको जनाउँदै यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिएको हो ।

‘कमरेड प्रकाशको नाममा कुनै पनि विदेशको बैङ्कमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौ । परिवर्तनका विरोधी, प्रतिक्रान्तिकारी तत्वहरुको यसखालका कपोकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टीपंक्ति एवम् जनसमुदायमा अपिल गर्दछौं । यस्ता झुठा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं,’

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैङ्कमा २१ अर्ब रुपैंयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने प्रचार भएको थियो । यसलाई प्रचण्डको सचिवालयले कुप्रचार भन्दै घोर भत्र्सना र खण्डन गरेको छ ।

सचिवालयले जनक्रान्तिका उपलव्धीविरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुष्प्रयासस्वरुप उक्त कुप्रचार गरिएको ठहर गरेको छ । ‘क्रान्तिकारी धु्रवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

prachanda

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७