सिटिजन्स बैंकको एटिएम अब भिएस निकेतन स्कुलमा पनि


२८ श्रावण २०७६, मंगलवार
citizen

काठमाडौं, २८ साउन । देशभर आक्रामक रुपमा वैंकिङ सेवा पुर्‍याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शैक्षिक क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गरिरहेको छ ।
बैंकले काठमाडौंको मीनभवनस्थित भिएस निकेतन स्कुलमा एटिएम सेवा शुरु गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र भिएस निकेतनका उबिन पोखरेलले संयुक्तरुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका छन् । यस एटिएमबाट स्कुलका शिक्षक–विद्यार्थी मात्र नभई अन्य सेवाग्राही समेत लाभान्वित हुने बैंकले जनाएको छ ।

‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नाराका साथ २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना सिटिजन्स बैंकले अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिग सेवा पुर्‍याउँदै आएको बैंकले आर्थिक वर्ष २०७५–७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गर्दै दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना ८१ शाखा, ७८ वटा एटिएम र १०० वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करीब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरु स्थापना गरिसकेको छ ।

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

samjhauta

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७