पोखरामा भीषण आगलागी


२८ श्रावण २०७६, मंगलवार
pokhara

पोखरा, २८ साउन । पर्यटकीय गन्तव्य पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ ।

न्यूरोडको भाटभटेनी सुपरमार्केट अगाडि रहेको फर्निचर पसलबाट आगलागी शुरु भएको स्थानीयले जानकारी दिएका छन् । करीब साँझ साढे चार बजेबाट आगलागी शुरु भएको जनाइएको छ ।

आगलागीबाट चार वटा पसलमा क्षति पुगिसकेको प्रहरीले जानकारी दिएको छ । वारुणयन्त्र पुगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७