बैंकमा सिइओको उमेर हद कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


२८ श्रावण २०७६, मंगलवार
sarbocha

काठमाडौं, २८ साउन । सर्वोच्च अदालतले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को उमेर हद तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

 

superment court सर्वोच्च अदालत

६५ वर्ष कटेकाहरु बैंकका सिइओ नियुक्त हुन नपाउने र बहाल रहेको अवस्थामा ६९ वर्षभन्दा बढी भएको हुन नहुने भन्दै केही दिनअघि राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र जारी गरेको थियो।

सो परिपत्रकोअनुसार प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले जागिर छोड्नु परेको थियो। नियुक्त भएको एक साता नपुग्दै जागिरबाट हात धुनु परेपछि ७४ वर्षीय मानन्धर राष्ट्र बैंकको निर्णयविरूद्ध सर्वोच्च गएका थिए।

मानन्धरले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइपछि मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले राष्ट्र बैंकको उक्त परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।


‘राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ मा वाणिज्य बैंक तथा वित्तीय संस्थाको काम कारबाही नियमन गर्ने, ऐनले निर्दिष्ट गरेका विषयमा आवश्यक निर्देशन दिने तथा विशेष अवस्थामा प्रयोग हुने अधिकारका सम्वन्धमा उल्लेख भएको देखियो,’ सर्वोच्चको आदेशमा भनिएको छ ‘तथापि सो दफामा बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारीको उमेर हद तोक्न सक्ने अधिकार विपक्षी बैंकलाई प्रदान गरेको देखिएन।’

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १८ ले कार्यकारी प्रमुखको न्यूनतम उमेर २५ वर्ष तोके पनि अधिकतम उमेर हदका सम्बन्धमा कानुनले सीमा निर्धारण गरेको वा रोक लगाएको अवस्था नदेखिएको सर्वोच्चको ठहर छ।

aadesh2

aadesh2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७