आजदेखि अस्ट्रेलिया र इङ्ल्याण्डबीचको दोस्रो टेस्ट क्रिकेट


२९ श्रावण २०७६, बुधबार
asej GLrUCoDk4f

काठमाडौं, २९ साउन । विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत एसेज श्रृंखलाको दोस्रो टेस्ट बुधबारदेखि शुरु हुँदैछ । अस्ट्रेलिया र इङ्ल्याण्डबीचको दोस्रो टेस्ट बुधबारदेखि इङल्याण्डको लर्डसमा दिउँसो पौने ४ बजेदेखि शुरु हुनेछ ।

पहिलो टेस्टमा उत्कृष्ट पुनरागमन गर्दै एक दिवसीय विश्वकप जितेको इङल्याण्डलाई अस्ट्रेलियाले २५१ रनले पराजित गरेको थियो । यो टेस्टमा इङल्याण्डका जोफ्रा आर्चरले डेब्यू गर्ने सम्भावना रहेको छ । इङल्याण्डका एन्डरसन घाइते भएपछि उनी प्लेयिङ सेटमा पर्ने सम्भावना रहेको हो । अस्ट्रेलियाका स्टार खेलाडी स्टिव स्मिथलाई चाँडै आउट गरेमा खेलमा फर्कन सजिलो हुने इङल्याण्डको बुझाइ छ ।

बल टेम्पिरिङ अभियोगमा १ वर्षको प्रतिबन्ध पूरा गरेर यसै टेस्टमा स्मिथले कमब्याक गरेका थिए । कमब्याक टेस्टमै दुवै इनिङ्समा शतक बनाएर सबैको ध्यान केन्द्रित गरेका छन् ।

इङल्याण्डले पहिलो टेस्टमा पराजित भएपछि अहिलेसम्म दुई पटक मात्रै सिरिज जितेको छ । पहिलो पटक सन् १९८१ र २००५ मा इङ्ल्याण्डले पहिलो टेस्ट गुमाएर पनि सिरिज हात पारेको थियो ।

दोस्रो टेस्टमा इङल्याण्डका खेलाडीहरु रातो क्याप लगाएर मैदानमा उत्रने छन् । फोक्सोको क्यान्सरबारे जनचेतना बढाउने उद्देश्यले खेलाडीहरुले यस्तो गर्न लागेका हुन् । इङल्याण्डका पूर्व खेलाडी एन्ड्रू स्टार्सकी श्रीमती रुथ स्टार्सको फोक्सोको क्यान्सरबाट निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७