जिल्ला इञ्चार्जसहित विप्लवका ६ कार्यकर्ता पक्राउ


२९ श्रावण २०७६, बुधबार
Biplab

रुकुम, २९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला इञ्चार्ज देवीलाल पुनसहित ६ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इञ्चार्ज राजु थापा, हिका बुढा, रामकुमार बुढा, मोहनलाल सार्कीलगायत छन् । विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएयता ६ सय बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७