यी हुन् नर्सिङ काउन्सिलको चुनावमा भोट हाल्न पाउने १२ हजार मतदात (सूचीसहित)


२९ श्रावण २०७६, बुधबार
nepal nursing council

काठमाडौं, २९ साउन । आगामी भदौं २८ गते हुने नेपाल नर्सिङ काउन्सिलका मतदाताको नामावली सार्वजनिक गरिएको छ ।

काउन्सिलले ३ सदस्यका लागि चुनाव गर्न लागेको हो । काउन्सिलको बोर्ड सदस्य पदमा ८ जना आकांक्षी नर्सहरुले उम्म्देवारी दर्ता गराएका छन् । बोर्डको तीन सदस्यीय पदका लागि प्रगतिशिलतर्फका ५ र ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्रबाट सरला केसी, जीता बराल र मित्रकुमारी देवकोटाले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रगतिशीलबाट डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । उक्त निर्वाचनमा नेपाल नर्सिङ संघका सदस्यले मात्र मतदान गर्न पाउने छन्।

संघको सदस्यता नलिएकाले भोट हाल्न पाउने छैनन् । काउन्सिलले सार्वजनिक गरेको सूची अनुसार निर्वाचनमा १२ हजार ४१ जना मतदाताको नाम रहेको छ ।
हेर्नुस् मतदाताको नामावली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७