कामना सेवा विकास बैंकको छलाङ निक्षेपमा ४५.८७ % र कर्जामा ५२.८६ % वृद्धि


३० श्रावण २०७६, बिहीबार
kamana bikash bank

काठमाडौं, ३० साउन । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ ।
आ.व. २०७४-०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि भई २२.९७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बैंक सफल भएको छ । साथै कर्जा तर्फ सोही अवधिमा १३.२० अर्ब रहेकोमा ५२.८६ प्रतिशतले वृद्धि गरी २०.१८ अर्ब रुपैयाँ लगानी गरेको छ ।
२.५४ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकको जगेडा कोषमा ५०.३८ करोड रुपैंयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी १७.६९ प्रतिशतले वृद्धि भई ८८.७७ करोड रुपैयाँ पुगेको छ भने गत आ.व. मा बैंकको निष्कृय कर्जा १.१३ प्रतिशत रहेकोमा हाल ०.९० प्रतिशत कायम गर्न सफल भएको छ ।

आ.व. २०७५÷०७६ को असार मसान्तमा बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ । त्यस्तै प्रति शेयर आम्दानी १३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.६८ गुणा, प्रति शेयर नेटवर्थ १३१.०९ रुपैयाँ र तरलता अनुपात २२.७४ प्रतिशत रहेको छ । बैंकले समीक्षा अवधिमा आधार दरलाई ११.५९ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकले आ.व. २०७५-०७६ मा सेवा विस्तारका क्रममा थप ३६ वटा नयाँ शाखा सञ्चालनमा ल्याउन सफल भएको छ । सेवा विस्तारकै क्रममा बैंकले थप २८ वटा ए.टि.एम सञ्चालनमा ल्याउनुकासाथै स्मार्ट टेलर, मोबाईल बैकिङ्ग, कामना सेवा रेमिट, भिजा कार्डजस्ता नविनतम् प्रडक्टहरु ग्राहकसामु प्रस्तुत गरेको छ ।

शाखा विस्तारसँगै बैंकको सञ्चालन खर्च तथा कर्मचारी खर्चमा वृद्धिका बावजुद बैंकले आर्थिक वर्ष २०७५-०७६ मा खुद मुनाफा ३२.५४ करोड रुपैयाँ आर्जन गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७