काठमाडौं स्वयम्भूमा महिलाले गरिन् आत्महत्या, पोष्टमार्टम गर्न लाग्दा घटना मोडियो


३० श्रावण २०७६, बिहीबार
shanti


काठमाडौं, ३० साउन । काडमाडौंको स्वयम्भूमा एक महिलाले आत्महत्या गरेकी छिन् ।  धादिङकी २७ वर्षीया शान्ति तामाङले विष सेवन गरी आत्महत्या गरेकी हुन् ।

तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तामाङले आत्महत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

तामाङले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी लालध्वज सुवेदीले बताएका छन् । पोष्टमार्टमको रिपोर्ट पाएपछि थप खुल्ने उनले बताएका छन् । शान्तिका श्रीमान र दुई छोराछोरी छन् ।
यसरी मोडियो घटना
शान्तिको शव पोष्टमार्टमका लागि अस्पताल लगेपछि घटना एकाएक मोडिएको छ । शान्तिको आत्महत्याबारे घर पक्ष र माइती पक्षबीच अस्पतालमा सामान्य झगडा समेत भएको प्रहरीले जानकारी दिएको छ ।

डीएसपी सुवेदीले शान्तिको आत्महत्याबारे माइती पक्ष र घर पक्षबीच जलाउने सहमति भए पनि अस्पतालमा झगडा परेपछि घटनाले अर्को मोड लिएको बताएका छन् । शान्तिका श्रीमानको नाताले भान्जी पर्ने पवित्रा तामाङले शान्तिलाई हामी २–३ जना मिलेर मारेको भनेको माइती पक्षले आरोप लगाएको छ ।

सहमतिको लागि प्रहरी चौकीमा जाँदा समेत प्रहरीले भान्जी पवित्रा र उनीसँग गएका अर्का एक युवकलाई भगाएको आरोप माइती पक्षले लगाएको छ । तर, यस विषयमा डीएसपी सुवेदीले भगाएको भनि लगाएको आरोप झुठो रहेको बताएका छन् । डीएसपी सुवेदीले भने, ‘उनीहरुविरुद्ध किटानी जाहेरी पनि परेको छैन । समात्ने आधार पनि केही छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७