असहनीय जाडोमा न्यानो बाँड्दै नेपाली सेना


४ पुष २०७४, मंगलवार
nepal army 1

गौशाला : महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ ।nepal army 1
जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट राइफल गणले आज बिहान मात्रै जिल्लाको सदरमुकाम जलेश्वरको चार स्थानमा दाउरा बालेर सर्वसाधारणलाई न्यानो प्रदान गरेको स्थानीयवासीले बताएका छन् । त्यस्तै, सर्वसाधारणलाई नेपाली सेनाले तातो चियासमेत बाँडेको जनाइएको छ ।
नेपाली सेनाले जलेश्वरको दुर्गाचोक, शंकरचोक, बुद्धिजीवीचोक र खैराचोकमा दाउरा बालेर र चिया पिलाएर न्यानो बाँडेको गणका प्रमुख सेनानी कृष्ण खड्का क्षेत्रीले बताए ।
यसरी जिल्लामा विगत पाँचदिनदेखि शीतलहर, चिसो हावा र कठ्याङ्ग्रिँदो जाडो भइरहेका बेला नेपाली सेनाले दाउरा बालिदिएपछि र चिया वितरण गरेपछि जिल्ला सदरमुकाम जलेश्वरको बाटोमा जीवन बिताउने, न्यानो लुगाफाटाको अभाव भएका तथा स्थानीय बासिन्दासहित लाभान्वित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७