डा.केसीले दिए प्रधानमन्त्रीलाई ५ दिने अल्टिमेटम


१५ आश्विन २०७४, आईतवार
Dr Gobinda KC

काठमाडौँ: वरिष्ठ चिकित्सक डा। गोविन्द केसीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा विधेयक तोडमरोड नगरी पारित गर्न असोज १९ गतेसम्मको अल्टिमेटम दिएका छन्।Dr Gobinda KC

माथेमा आयोगको प्रतिवेदन तथा आफूले दिएका सुझावसमेत समेटेर विधेयक पारित गरियोस् भन्ने डा। केसीको माग छ।संसदमा विचाराधीन उक्त विधेयक तोडमरोड गरेर जनता र विद्यार्थीको हित प्रतिकूल पारित गर्ने प्रयास भएपछि डा. केसी यही असोज ९ गते १२ औं चरणको अनसनमा बसेका थिए।

अनसन सुरु भएको केही घन्टामै चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद स्थगित भएको र दसैं पर्वसमेत नजिकिएकाले उनले अनसन स्थगनको घोषणा गरेका थिए। डा. केसीले अल्टिमेटम दिएको अवधि नजिकिएकाले शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेका हुन्। देउवाले असोज १९ गते फेरि अनसन बस्नु नपर्ने गरी आफूले तयारी गरिरहेको बताएका छन्।

डा. साब किन कमजोर हुदैछ हाम्रो ‘नैतिक शक्ति’ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७