सिद्धार्थ बैंकले भदौ ५ देखि साढे २ अर्बको ऋणपत्र निष्कासन गर्दै, वार्षिक १०.२५% ब्याज दिने


३० श्रावण २०७६, बिहीबार
1531745643sidhartha

काठमाडौं, ३० साउन। सिद्धार्थ बैंकले भदौ ५ गतेदेखि ऋणपत्र डिवेञ्चर० निष्कासन गर्ने भएको छ । सिद्र्धाथले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन बन्द छिटोमा भदौ ९ र ढिलोमा असोज ५ गते हुने सिद्धार्थले जनाएको छ ।

सिद्धार्थ बैंकले भदौ ५ देखि साढे २ अर्बको ऋणपत्र निष्कासन गर्दै, वार्षिक १०.२५ प्रतिशत ब्याज दिने सिद्धार्थले वार्षिक १०.२५ प्रतिशत ऋणपत्रमा ब्याज दिने जानकारी दिएको छ । कुल निष्कासन मध्ये १ अर्ब रुपैयाँ सर्वसाधारण र १ अर्ब ५० करोड रुपैयाँ संस्थापक लगानीकर्तालाई छुट्टाइएको छ ।लगानीयोग्य पुँजी जुटाउन बैंकले ऋणपत्र निष्कासन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि कुल पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७