त्रिविले उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन नगर्ने, सेमेष्टरका विद्यार्थीलाई ५ हजार र वार्षिकलाई २५ सय नै लाग्ने


३० श्रावण २०७६, बिहीबार
Tribhuwan Univercity

 काठमाडौं, ३० साउन। त्रिभुवन विश्वविद्यालयले विद्यार्थीले उत्तरपुस्तिका हेर्दा र प्रतिलिपि लिँदा लाग्ने शुल्क पुनरावलोकन गर्न नसकिने बताएको छ । राष्ट्रिय सूचना आयोगलाई पत्र लेख्दै त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले यस्तो बताएको हो ।

उत्तरपुस्तिका हेर्न र प्रतिलिपि लिन लाग्ने शुल्क पुनरावलोकनको माग गर्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन परेपछि आयोगले त्रिविको जवाफ मागेको थियो ।

त्रिविले शैक्षिक प्रशासन तथा संगठनसम्बन्धी नियम २०५० अनुसार कार्यकारी परिषदले शुल्क तोकेकाले त्यसलाई पुनरावलोकन गर्न नसकिने बताएको हो ।

आयोगले २०७१ साल असार २४ गते नै उत्तरपुस्तिकाको प्रतिलिपी लिन, उत्तरपुस्तिका हेर्न र ती प्रक्रिया पूरा गर्दा पालना गर्नुपर्ने सर्त पुनरावलोकन गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको थियो ।

उत्तरपुस्तिकाको प्रतिलिपि लिएवापत वार्षिक प्रणालीका विद्यार्थीबाट २५ सय र सेमेष्टर प्रणालीका विद्यार्थीबाट ५ हजार रुपैयाँ शुल्क त्रिविले असुल्ने गरेको छ । सूचनाको हकसम्बन्धी ऐन ०६४ मा एकदेखि १० पेजसम्म निःशुल्क सूचना पाइने व्यवस्था छ । १० पेजभन्दा बढी रहेछ भने ११ औं पेजदेखि मात्रै प्रतिपेज ५ रुपैयाँको दरले शुल्क तिर्नुपर्छ । तर त्रिविको यो शुल्क सूचनाको हकसम्बन्धी ऐनविपरीतसमेत छ ।

TU letter

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७