सेञ्चुरी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने


३० श्रावण २०७६, बिहीबार
Capture

काठमाडौं,३१ साउन । सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडको सञ्चालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ।

विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ्ग सेवामा आएका थिए।

हिमालयन बैंक तथा सनराईज बैंक गरी करिब १५ वर्षको अनुभव भएका न्यौपानेसँग प्रमुख सूचना अधिकारीको अनुभव समेत छ। काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर छन्। जीवन भट्टराई बाहिरिएपछि उनी डेपुटी बनेका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७