यसरि भाँडियो फिप्ना अधिवेशन


Author
४ पुष २०७४, मंगलवार
thumb IMG 0543 1024 1
अधिवेशनलाई सम्बोधन गर्दै फिप्ना अध्यक्ष लुइसाङ तामाङ

न्यू योर्क : आइतबार दिउँसो १२ बजे । ज्याक्सन हाइटस्थित शेर्पा किदुकको हल । चहल पहल बाक्लिसकेको थियो । मणि बाङ्देल कि मानबहादुर राना मगर ? आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को भावि अध्यक्षबारे गुटगुटमा छलफल चलिरहेको थियो ।

naya fipna 2
अधिवेशनमा सहभागीहरु ।

करिब १ बजे फिप्नाको छैठौं अधिवेशनको खुला सत्र औपचारिक रुपमा सुरु भयो । अमेरिकी सरकारका २ प्रतिनीधिसहित ४० भन्दा बढीले खुला सत्र सम्बोधन गरे । झमक्कै साँझ परेपछि बन्द सत्र सुरु भयो । सुरुमै किरात राई अर्गनाइजेशन अफ अमेरिका (युक्रा) ले आफ्नो सदस्यता नवीकरणको मुद्धा उठायो । त्यसलाई पछि छलफल गर्ने भन्दै सभामुख विनोद पोमोले फिप्ना अध्यक्ष लुइसाङ तामाङलाई सांगठनिक र कोषाध्यक्ष राजकुमार बिस्टलाई आर्थिक प्रतिवेदन पेश गर्न समय दिए ।
सांगठनिक प्रतिवेदन सर्वसम्मतिले पारित भयो । तर, फितलो आर्थिक प्रतिवेदनले माहौल ततायो । प्रतिनीधिको जिज्ञाशा कोषाध्यक्ष बिस्टले शान्त पार्न सकेनन् । अध्यक्षले आर्थिक अधिकार नदिएको भन्नेजस्ता तर्क गरेपछि माहौल तातियो । प्रतिनीधि र पर्यवेक्षक फिप्ना विधानले दिएको अधिकार कोषाध्यक्षले प्रयोग गर्न नसकेको र हावादारी गफ गरेको भन्दै बिस्टमाथि खनिए । अध्यक्ष तामाङ आफैँले प्रष्टिकरण दिएपछि नेपाल डे परेडको आम्दानी र खर्चबाहेक आर्थिक प्रतिवेदन पारित भयो ।

thumb IMG 0543 1024 1
अधिवेशनलाई सम्बोधन गर्दै फिप्ना अध्यक्ष लुइसाङ तामाङ ।

लगत्तै सदस्यता नवीकरणको विषयमा युक्रा न्यू योर्क च्याप्टरका अध्यक्ष केशवराम राई चर्किएपछि माहौल सेलाउन पाएन । फिप्ना अध्यक्ष लुइसाङ तामाङले युक्राले ४ वर्षदेखि सदस्यता नवीकरण नगरेको र त्यस विषयमा विधानमा केही उल्लेख नभएको बताए । ‘४ वर्ष सदस्यता नवीकरण नगरेको सदस्य संस्थाका सम्बन्धमा विधानमा ब्यबस्था नभएकाले त्यस सम्बन्धमा के गर्ने भन्ने निक्र्यौल गर्न अध्ययन समिति गठन गरियो,’ उनले भने, ‘समितिले प्रतिवेदन बुझाउँदा नोभेम्बर ३० नाघिसकेको थियो । नोभेम्बर ३० नाघेपछि विधानत युक्राको सदस्यता नवीकरण गर्न सकिएन ।’

thumb IMG 0459 1024
अधिवेशनलाई सम्बोधन गर्दै किरात राई सोसाइटी अफ अमेरिकाका बोर्ड अफ डाइरेक्टर प्रमोद थुलुङ

सदस्यताका कारण होहल्ला गरिरहेका डोक्प्या किदुकका सदस्यहरुलाई आफ्नो महासचिव मानबहादुर राना मगर फिप्नाको भावी अध्यक्षका रुपमा प्रस्तुत गर्ने मगर संघका नरेन्द्र थापा र सुमन पुनलगायतले सहयोग गरे ।

त्यसपछि हलमा माहौल तात्यो । प्रतिनीधि र पर्यवेक्षकले युक्राका सम्बन्धमा हलबाट निर्णय गर्नुपर्ने माग राखे । युक्राले निर्वाचन आयोगमा आफूले सदस्यताका लागि दिएको आवेदनको प्रमाण फोटोसहित पेश ग¥यो । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) का बोर्ड चेयर प्रमोद थुलुङको प्रस्तावमा युक्राको सदस्यता सर्वसम्मतिले पारित भयो ।
त्यसपछि डोक्प्या किदुकले आपूmले पनि सदस्यता पाउनुपर्ने माग राख्यो । निर्वाचन आयोगले डाक्प्या किदुकसँग युक्राले जस्तै अवधि ननघाई सदस्यताको आवेदन दिएको प्रमाण माग्यो । तर, डोक्प्या किदुकले प्रमाण पेश गर्न सकेन । उसलाई सदस्यता दिने नदिने सम्बन्धमा हल पनि विभाजित भयो । सदस्यताका कारण होहल्ला गरिरहेका डोक्प्या किदुकका सदस्यहरुलाई आफ्नो महासचिव मानबहादुर राना मगर फिप्नाको भावी अध्यक्षका रुपमा प्रस्तुत गर्ने मगर संघका नरेन्द्र थापा र सुमन पुनलगायतले सहयोग गरे । माहौल यति तातियो कि प्रमुख निर्वाचन आयुक्त भरत लामाले निर्वाचन स्थगनको घोषणा गरे । ‘अर्को मिति तय नभएसम्मका लागि निर्वाचन स्थगन भएको घोषण गर्छु,’ उनले भने । त्यतिबेला रातको करिब साढे १० बजेको थियो ।

fipna naya 1
फिप्ना अधिवेशनमा सहभागि अमेरिकी सरकारका प्रतिनीधिहरु ।
fipna release
फिप्ना अध्यक्षको प्रेस वक्तव्य । 

अधिवेशन स्थगनको घोषणा गर्दा थुप्रै प्रतिनीधिहरु हिँडिसकेका थिए । हलमा बाँकी रहेका प्रतिनीधि र पर्यवेक्षकले फिप्नाको वर्तमान कार्यसमिति भंग भइसकेको र निर्वाचन आयोग र फिप्ना कार्यसमिति अयोग्य भएको भन्दै फिप्ना सभामुख विनोद पोमोलाई अधिवेशन गराउने जिम्मेवारी तोके । त्यस्तो जिम्मेवारी दिएकोप्रति धन्यवाद दिँदै निर्णयको फोटो पोमोले फेसबुकमा हालेका छन् ।
फिप्ना अध्यक्ष लुइसाङ तामाङले अध्यक्षकै हैसियतमा विज्ञप्ति जारी गर्दै सभामुख पोमोलाई संस्थाको गरिमामा आँच आउने काम नगर्न भनेका छन् । ‘फिप्नाका सभामुख तथा अन्य जिम्मेवार नेतृत्व तहबाट संस्थाको गरिमामा आँच आउने किसिमको कहिँ कतैबाट आउनुहुन्न भन्ने मान्यतालाई सबैले बुझ्नु जरुरी छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७