नेपाल बंगलादेश बैंकको नाफा १ अर्ब ६१ करोड


३० श्रावण २०७६, बिहीबार
860e2d34 92bc 4c53 8e18 d0a8513a16f6

काठमाडौं, साउन ३० । नेपाल बंगलादेशले आर्थिक वर्ष २०७५र७६ मा १ अर्ब ६१ करोड खुद नाफा गरेको छ । बिहिबार सार्वजनिक गरेको विवरणमा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले बढेको देखिएको हो । आर्थिक वर्ष २०७४र७५ मा बैंकको नाफा १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले सोही अबधिमा २४.५० प्रतिशतले निक्षेप बढाएको छ । गत आर्थिक वर्षमा ५९ अर्ब ८२ करोड निक्षप संकलन गरेको गरेको बैंकले यसअघिको वर्ष भने ४८ अर्ब ५ करोड निक्षेप संकलन गरेको थियो । यस्तै बैंकको कर्जा लगानी ४० अर्ब ८७ करोडबाट २८.९९ प्रतिशतले बढाएर ५२ अर्ब ७२ करोड पुगेको छ । यस्तै व्याज आम्दानी १ अर्ब ९७ करोड बाट २ अर्ब ९१ करोड भएको छ ।

बैंकको वितरण योग्य नाफा १ अर्ब ३ करोड छ । यो अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले कम हो । बंैकको प्रतिशेयर आम्दानी १४.९५ बाट बढेर २०।०२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १५३.९१ रुपैयाँ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७