पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछाने र युवराज कंडेल पक्राउ


३० श्रावण २०७६, बिहीबार
rabi lamichane and salikram pudashaini

काठमाडौं, ३० साउन । चर्चित सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका लामिछानेसहित युवराज कंडेललाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

यसअघि यही प्रकरणमा अस्मिता कार्की पक्राउ परेकी थिइन् । नेपाल प्रहरीको टोलीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लैजाने तयारी गरेको छ । 

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।  आत्महत्या गरेका पुडासैनी पहिले न्युज २४ टेलिभिजनमा नै काम गरेका पत्रकार हुन् । उनले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा उनले लामिछानेको कारण आत्महत्या गर्नुपरेको बताएका थिए ।

यो पनि पढ्नुहोस्
पत्रकार पुडासैनी आत्महत्या प्रकरण : अस्मिता ‘रुकु’ कार्की पक्राउ
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७