‘ला लिगा’को नयाँ सिजन आजबाट, मेस्सी खेल बाहिर


३१ श्रावण २०७६, शुक्रबार
laliga

काठमाडौं, ३१ साउन । स्पेनिस लिग फुटबल ‘ला लिगा’को नयाँ सिजन आजबाट शुरु हुँदैछ । आज राति साविक विजेता बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग खेल्दै लिगको शुरुवात गर्नेछ ।

यो खेलमा बार्साका स्टार खेलाडी लियोनल मेस्सी हुने छैनन् । पिडुँलाको चोट बोकेका मेस्सीले अहिले टिमभन्दा बाहिर छुट्टै अभ्यास गरिरहेका छन् ।

मेस्सी पूर्णरुपले फिट नभएकोले आफूले कुनै जोखिम उठाउन नचाहेको बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले बताएका छन् ।

स्पेनिस लिग फुटबलमा पहिलो हप्ताका अन्य खेलहरुमा रियाल मड्रिडले सेल्टा भिगोसँग खेल्दा एथ्लेटिको मड्रिडको भिडन्त गेटाफेसँग हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७