एनआईसी एशियाको आम्दानी ७७ प्रतिशतले वृद्धि, चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक


३१ श्रावण २०७६, शुक्रबार
nic

काठमाडौं, ३१ साउन । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५–७६ को चौथो त्रैमासिको (अपरिस्कृत) वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् ४ अर्ब १५ करोडले वृद्धि गरी ९ अर्ब ५१ करोड आर्जन गर्न सफल जनाएको छ । बैंकको वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेको बैंकले जानकारी दिएको छ ।

सोही अवधिमा बैंकले खुद ब्याज आय ६५ प्रतिशत अर्थात् २ अर्ब ७५ करोडले वृद्धि भई ६ अर्ब ६९ करोड आर्जन गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालन मुनाफामा वार्षिक विन्दुगत आधारमा १३९ प्रतिशत अर्थात् २ अर्ब ६६ करोडले वृद्धि गरी ४ अर्ब ५८ करोड आर्जन गर्न सफल भएको छ ।

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १२९ प्रतिशत अर्थात् १ अर्ब ७२ करोडको वृद्धि सहित ३ अर्ब ५ करोड आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा १ अर्ब ३३ करोड रहेको थियो । बंैकले यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २७ प्रतिशत अर्थात् ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार २१७ अर्ब ७० करोड पुर्‍याउन सफल भएको छ ।

जस अन्तर्गत कुल कर्जातर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २५ प्रतिशत अर्थात् २९ अर्ब ५४ करोडको वृद्धिसहित १५० अर्ब तथा निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत अर्थात् २९ अर्ब ३६ करोडको वृद्धिसहित १८० अर्ब ५८ करोड पुर्‍याउन सफल भएको छ ।

कर्जा प्रवाहमा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शीर्ष स्थानमा रहन सफल भएको छ भने निक्षेप संकलनतर्फ सम्पूर्ण नीजि स्तरका वाणिज्य बैंकहरुमध्ये शीर्ष स्थानमा रहन सफल भएको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७