क्रिकेटको बलले लागेर अम्पायर ठहरै


३१ श्रावण २०७६, शुक्रबार
umpire

वेल्स, ३१ साउन । वेल्सको एक क्रिकेट प्रतियोगितामा क्रिकेट बलले लागेर अम्पायरको ज्यान गएको छ । वेल्समा आयोजित एक प्रतियोगिताको दौरान बलले लागेर घाइते भएका अम्पायर जोन विलियम्सको मृत्यु भएको बीबीसीले जनाएको छ ।

क्रिकेट बलले टाउकोमा लागेर घाइते भएको दुई सातापछि अम्पायर विलियम्सको मृत्यु भएको हो । ८० वर्षे विलियम्स गत जुलाई १३ मा आयोजित प्रतियोगितामा घाइते भएका थिए ।

काउन्टी डिभिजन २ का दुई क्लब पेमब्रोक र नार्बेथबीचको खेलमा उनी घाइते भएका हुन् । बलले टाउको लागेर घाइते भएपछि उनलाई तत्काल वेल्सको युनिभर्सिटी अस्पताल लगिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७