ऋतिक रोशन विश्वकै ह्यान्डसम


३१ श्रावण २०७६, शुक्रबार
hrithikroshan 072219

काठमाडौँ, ३१ साउन (एजेन्सी) । बलिउडका अभिनेता ऋतिक रोशन विश्वकै ह्यान्डसममा परेका छन् । अभिनयसँगै आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व उनी भारतीय सञ्चारमाध्यमहरूका अनुसार ऋतिक ‘टप ५ मस्ट ह्यान्डसम म्यान इन द वल्र्ड अगस्ट २०१९’ को सूचीमा पहिलो नम्बरमा परेको जनाएको छ ।

यस सूचीमा क्रिस इभान्स, डेभिड बेकह्याम, रोबर्ट प्याटिन्सनलगायतको नाम समावेश छ ।

एक्सन, डान्सलगायत सबै विधामा ऋतिक उत्कृष्ट मानिन्छन् । केही समयअघि उनी अभिनीत सुपर ३० ले राम्रो व्यापार गरेको थियो ।

यसमा उनले गणितशास्त्री आनन्द कुमारको भूमिका निभाएका थिए । उनको नयाँ फिल्म वार अक्टुबर २ मा रिलिज हुँदै छ । एक्सन फिल्म वारमा ऋतिक र टाइगर श्राफ मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७