एनआइसी एशियाको छलाङ, ३ अर्ब ५ करोड खुद नाफा गर्न सफल


३१ श्रावण २०७६, शुक्रबार
nic roshan neupane

काठमाडौं,साउन ३१ । एनआईसी एशिया बैंकले पछिल्लो वर्ष छलाङ मारेको छ । बैंकले आर्थिक वार्ष २०७५र७६ मा आफ्नो नाफा १ सय २९ प्रतिशतले बढाएको छ । शुक्रबार प्रकाशन गरेको बैंकको वार्षिक प्रतिवेदन अनुसार गत वर्ष १ अर्ब ७२ करोड नाफा बढाएर ३ अर्ब ५ करोड खुद नाफा गरेको छ । आर्थिक वर्ष २०७४र७५ मा बैंकको खुद नाफा १ अर्ब ३३ करोड थियो।

बैंकले गत वर्षमा कुल आम्दानी ७७ प्रतिशत अर्थात् ४ अर्ब १५ करोडले बढाएर ९ अर्ब ५१ करोड पुर्‍याएको छ । सोही अवधिमा बैंकले खुद ब्याज आय ६५ प्रतिशत अर्थात् २ अर्ब ७५ करोडले वृद्धि गरि ६ अर्ब ६९ करोड पुर्‍याएको छ । बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालन मुनाफामा वार्षिक विन्दुगत आधारमा १३९ प्रतिशत अर्थात् २ अर्ब ६६ करोडले वृद्धि गरी ४ अर्ब ५८ करोड बनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा २७ प्रतिशत अर्थात् ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार २१७ अर्ब ७० करोड पुर्‍याएको छ । जस अन्तर्गत कुल कर्जातर्फ वर्ष भरिमा २९ अर्ब ५४ करोड बढाएर १ खर्ब ५० करोड पुर्‍याएको छ । यो अगिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । यस्तै बैंकले निक्षेप संकलन १९ प्रतिशत अर्थात् २९ अर्ब ३६ करोडको बढाएर १ खर्ब ८० अर्ब ५८ करोड पुर्‍याउन सफल भएको छ ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७