आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्ने एमालेकाे निर्णय


१५ आश्विन २०७४, आईतवार
CPN UML office

काठमाडौँ: नेकपा एमालेले आउँदो प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग तालमेल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।CPN UML office

एमाले स्थायी समितिको आइतबार बिहान बसेको बैठकले वामपन्थी पार्टीहरुसँग मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको छ । स्थायी समितिको बैठकमा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीले अपनाउने रणनीतिबारे छलफल भएको थियो। नेताहरुले त्यससम्बन्धमा आ-आफ्ना धारणा राखेका थिए।

‘बैठकमा वामपन्थी, प्रगतिशील र देशभक्त पार्टीहरुसँग एकता गर्ने निर्णय भएको छ,’ आगामी मंसिरमा हुने चुनावमा बहुमत ल्याउने गरी व्यापक तयारी गर्ने निर्णय पनि भएको सचिव भट्टराईले जानकारी दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७