ला लिगा : मेस्सी नहुँदा बार्सिलोना पहिलो खेलमै पराजित, एथ्लेटिको बिल्बाओ १-० ले विजयी


३२ श्रावण २०७६, शनिबार
bilbaos goal eIk1n5GaW1

काठमाडौं, ३२ साउन । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले २०१९–२० को सिजनमा खराब शुरुवात गरेको छ ।

शनिबार बिहान भएको खेलमा बार्सिलोना एथ्लेटिको बिलबाओसँग १–० गोलको अन्तरले पराजित भयो । लियोनल मेस्सी बिनै मैदान उत्रिएको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल खान पुगेको थियो ।

यसैगरी लुइस स्वारेज पनि पहिलो हाफमै रिप्लेस भएका थिए । ८८ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अरित्ज अडुरिजले बिल्बाओका लागि गोल गरेका थिए । ८९ औं मिनेटमा उनले गरेको गोल नै ला लिगाको पहिलो खेलमा विलबाओलाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७