रवि शास्त्री नै भारतीय क्रिकेट टिमको प्रशिक्षकमा


३२ श्रावण २०७६, शनिबार
Ravi Shastri
India’s captain Virat Kohli (L) talks with India’s head coach Ravi Shastri (R) during a practice session at Lord’s Cricket Ground in London on August 7, 2018 ahead of the second Test cricket match between England and India. (Photo by Ben STANSALL / AFP) / RESTRICTED TO EDITORIAL USE. NO ASSOCIATION WITH DIRECT COMPETITOR OF SPONSOR, PARTNER, OR SUPPLIER OF THE ECB (Photo credit should read BEN STANSALL/AFP/Getty Images)

काठमाडौं, ३२ साउन (एजेन्सी) । भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि रवि शास्त्री नै पुनः नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार मुम्बईमा लिइएको अन्र्तवार्ताबाट छनोट गरिएको हो ।

नयाँ प्रशिक्षकका लागि आवेदन खुला गरिएकोमा शास्त्री सहित ६ जनाको नाम छनोट समितिले सर्ट लिस्ट गरेको थियो । ६ जना मध्य वेस्टइण्डिजका फिल सिमन्सले नाम फिर्ता लिएपछि ५ जनाको अन्तरवार्ता लिइएको हो ।

जसमा शास्त्रीको अन्तरवार्ता भने भारतीय टिमसँग वेस्टइण्डिजमा रहेकाले भिडियो कन्फ्रेन्स मार्फत लिइएको थियो । रेसमा रहेका पाँच जना प्रशिक्षकका उम्मेदवारमा रवि शास्त्री सबैभन्दा अगाडि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।

आईसीसी विश्वकपपछि कार्यकाल सकिने भएपनि जारी वेस्टइण्डिज सिरिजका कारण उनको कार्यकाल ४५ दिन थप गरिएको थियो ।

शास्त्री कप्तान विराट कोहली निकट मानिन्छन् । कोहलीले एक सार्वजनिक कार्यक्रममै शास्त्री आए आफु धेरै खुसी हुने बताएका थिए । कोहली र शास्त्रीबीच राम्रो सम्बन्ध भएको देख्न सकिन्छ ।

कोहलीसँग तालमेल नमिल्दा सन २०१७ मा तत्कालिन प्रशिक्षक अनिल कुम्बलेलाई हटाउँदै बिसिसिआईले शास्त्रीलाई नियुक्त गरेको थियो ।

शास्त्रीको उप कप्तान रोहित शर्मा र पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग पनि शास्त्रको सम्बन्ध सुमधुर रहेको छ । शास्त्रीको पक्षमा खुलेआम पूर्व खेलाडीहरु लागेका थिए । पूर्व कप्तान सौरभ गांगुली र अजहरुदीनले कप्तान कोहलीको भनाईलाई समर्थन गर्दै शास्त्रीलार्य प्रशिक्षक बनाउनु पर्नेमा जोड दिएका थिए ।

शास्त्रीको कार्यकाल २०२१ मा भारतमा हुने टी २० विश्वकप सम्म रहने छ । शास्त्री २०१७ मा भारतीय टिमको प्रमुख प्रशिक्षक बनेका थिए । उनको रेकर्ड भने राम्रो रहेको छ । यो २ वर्षमा भारतले अस्ट्रेलियामा पहिलो पटक सिरिज जित्न सफल भयो । २०१७ मा भएको २१ टेस्ट मध्ये भारतले १३ वटामा जित निकाल्न सफल भयो ।

टी २० मा पनि ३६ मा २५ मा जित निकाल्न सफल भएको थियो । एक दिवसीय क्रिकेटको कुरा गर्ने हो भने ६० वटामा ४३ वटामा जित निकालेको थियो । तर विश्वकप २०१९ मा भने भारतीय टिम सेमिफाइनल भन्दा अगाडी जान सकेन् । अहिले अतिरिक्त कार्यकालमा पनि भारतीय टिमले वेस्टइण्डिजमा टी २० र एक दिवसीय सिरिज जितिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७