यी एमालेका उम्मेदवार समानुपातिकबाट सांसद् बन्दैछन्


४ पुष २०७४, मंगलवार
uml office

काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट जितेर पहिलो पार्टीको बनेको नेकपा (एमाले) समानुपातिकतर्फ पनि ठूलो द लबनेको छ । समानुपातिकमा पनि एमाले कांग्रेसलाई १ सिटले जितेर पहिलो पार्टी बनेको हो । समानुपातिकका १ सय १० सिटमध्ये एमालेले ४१ सिट ल्याएको छ । जसअनुसार प्रतिनिधिसभाको २ सय ७५ सिटमध्ये एमालेले १ सय २१ सिट पाउने भएको छ । आज दृष्टि साप्ताहिकमा खबर छ ।uml office

एमालेमा अब समानुपातिक सांसद् बन्न दौडधुप सुरु भएको छ । तर, एमालेका ४ जनामात्र पुरुष सांसद् समानुपातिकमा सांसद् बन्न पाउने भएका छन् ।
संविधानको प्रावधानअनुसार हरेक पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर ३३ प्रतिशत महिलालाई पठाउनुपर्ने हुन्छ । प्रत्यक्षमा एमालेले जितेको ८० सिटमध्ये दुई जनामात्रै महिला सांसद् बन्न सफल भएका छन् । १ सय २१ को ३३ प्रतिशत ४० हुन्छ । समानुपातिकका ४१ मध्ये ३७ सिटमा एमालेले महिला पठाउनुपर्ने हुन्छ ।
एमालेले समानुपातिक सूचीमा बुझाएको नाममा पुरुषहरुको नाम अग्रपंक्तिमा छ । विजय सुब्बाको नाम पहिलो नम्बरमा छ भने दोस्रोमा खगेन्द्र राईको छ । त्यस्तै केशवलाल श्रेष्ठ, अइन्द्रसुन्दर नेम्वाङ, चुडादेवसिंह लामा घिसिङ, तीलककुमार मैयाङ्बो, एकबहादुर राना, मणि लिम्बु, सोनाम ग्याल्जेन शेर्पा, झगबहादुर थापा मगरलगायतको नाम अगाडि छ । तर, यीमध्ये बढीमा २ जनामात्र सांसद् बन्न पाउनेछन् ।
महिलाहरुबाट थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नवीना लामा, शान्तिमाया तामाङ, कुमारी मेचेलगायतको नाम अगाडि छ । जसअनुसार उनीहरु समानुपातिकतर्फबाट सांसद् बन्ने लगभग पक्कापक्की जस्तै छ ।
त्यस्तै विनादेवी बुढाथोकी मगर, रणकुमारी मगर, माइली तामाङ, मेनचुङ लामा, कमला थापा मगर, दीलकुमारी राई, तारादेवी गुरुङको नाम पनि समानुपातिकको अग्रपंक्तिमा छ । मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, पुष्पराज कँडेल, देवराज घिमिरे, दिनेशचन्द्र देवकोटाको नाम भए पनि उनीहरुको सम्भावना छैन ।

राधा ज्ञवाली, सीता गिरी ओली, निरु पाल, गोमा देवकोटा, बिन्दा पाण्डेलगायतको नाम भने पछाडि छ । निर्वाचन आयोगले अगाडि नाम भएकैबाट नाम छान्नुपर्ने बताएकाले त्यसअनुरुप छान्दा पछाडि नाम रहेका कसैको पनि  नहुने सम्भावना  छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७