राष्ट्र सेवकको तलबमान असमान, कसको कति ?


१ भाद्र २०७६, आईतवार
Security

काठमाडौं, १ भदौ । प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को तलब भत्ता कति फरक होला ? पत्यार नलाग्न सक्छ, दुवैको तलव बराबर छ । सरकारले राष्ट्रसेवकलाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण छ भन्ने यो गतिलो उदाहरण हो ।

कानुनअनुसार आइजीपी र आईजीको दुवै विशिष्ट श्रेणीका पद हुन् । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका आईजीपी र एआईजीको तलब समेत बराबर छ । त्यस्तै नेपाल सरकारका सचिव र नेपाली सेनाका रथी (लेफ्टिनेन्टन जनरल) को हैसियत बराबर छ ।

अझ मर्यादाक्रमको वरीयतामा सचिवलाई आगाडि राखिएको छ । तलबमान भने रथीको भन्दा सचिवको धेरै कम छ । रथीभन्दा एक तह तलका उपरथी र सचिवको तलब बराबर छ ।
यस्तो छ तलबमानः
आईजीपी–६०,६८० । एआईजी–६०,६८०
रथी–६२,५४० । सचिव –६०, ६८०
स.रथीरडीआईजी–५१,००० । सहसचिव–४७,३८०
प्रमुख सेनानी र प्रहरी उपरिक्षक–४३,६४० । उपसचिव–४०, ३८० ।
सहसेनानी –३९,०५० । शाखा अधिकृत –३५,९९०
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७