प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै


१ भाद्र २०७६, आईतवार
kp oli Prime Minister of Nepal. He is the Chairman of the Nepal Communist Party 1

काठमाडौं, १ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) संसदमा सम्बोधन गर्दैछन् । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले पनि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने भनेर संसद सचिवालयमा जानकारी आएको बताएका छन् । प्रधानमन्त्री ओलीले समसामयीक विषयमा बोल्नुका साथै सांसदहरुले उठाएका जिज्ञासाहरुको पनि जवाफ दिने अधिकारीले बताएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ओली हालै सिंगापुरमा उपचार गराएर फर्किएका थिए । युरोप घुमेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले गत असार ३ गते संसदमा सम्बोधनका लागि समय पाएका थिए ।

तर, प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद् अवरोध गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरेर सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका थिए । विपक्षीको अवरोधका कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्रीले लगत्तै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

विपक्षीहरुले सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण यादव प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै संसद् अवरोध गरेका थिए । यसबारे छानबिन गर्न पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएपछि साउन २० गतेबाट संसदको अवरोध हटेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७