घरमा श्रीमती, प्रहरी जवानले गरे काठमाडौंमा प्रेमिकाकै कोठामा आत्महत्या


१ भाद्र २०७६, आईतवार
Death

काठमाडौं, १ भदौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकर ठगुन्नाले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । शंकर युवतीसँग ‘लिभिङ टुगेदर’ मा रहेको जनाइएको छ ।

दार्चुला घर भएका प्रहरी जवान शंकरले नागाजुर्नन नगरपालिका–३ स्वयम्भूस्थित ठूलोभ¥याङ नजिकै प्रेमिकाको कोठामा आत्महत्या गरेका हुन् । स्वयम्भू वृत्तका प्रमुख डीएसपी लालध्वज सुवेदीले प्रहरी जवान शंकरले सलको पासो लगाएर झ्यालको रडमा झुण्डिएर आत्महत्या गरेको जानकारी दिएका छन् ।

विवाहित शंकरकी श्रीमती गाउँमै बस्दै आएकी थिइन् । घटनाबारे घर परिवारमा समेत खबर गरिसकेको डीएसपी सुवेदीले बताए । शनिबार साँझ १० बजेतिर रक्सीले मातेर शंकर प्रेमिकाको कोठामा पुगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

बेला–बेला पनि अफिसबाट छुट्टी हुने बित्तिकै शंकर प्रेमिकाको कोठामा बस्न जाने गर्थे । झुण्डिएको अवस्थामा फेला परेको शंकरको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७