सुनको भाउ प्रतितोला पाँच सय घट्यो

काठमाडौं, १ भदौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ केहि घटेको छ । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
, चाँदी तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा झरेको छ । यसैबीच साउन महिनामा मात्रै सुनको भाउ तोलामा ७ हजार रुपैयाँ बढेको छ ।
महिनाको पहिलो दिन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता रेकर्ड बनाउँदै महिनाको अन्तिम दिन गएको शुक्रबार तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको हो ।