स्वयम्भूमा प्रेमिकाकै कोेठामा प्रहरी जवानको मृत्यु, यस्तो छ प्रेमिकाको बयान


१ भाद्र २०७६, आईतवार
4564 Shares
Death

काठमाडौं, १ भदौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना प्रेमिकाकै कोठामा मृत फेला परेका छन् ।

नागार्जुन नगरपालिका–३, ठूलो र्भयाङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गए राति मृत भेटिएका हुन् । प्रहरीले घटनाबारे महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिइसकेको स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको थियो ।
‘महिलाले भनेअनुसार सामान्य विषयमा विवाद हुँदा उनले मर्छु भन्दै पासो बेरेका थिए’, अनुसन्धान अधिकृत भन्छन्, ‘एक पटक त्यसो नगर्न भन्दाभन्दै मुक्का हानेर लडाएको उनले बयान दिएकी छन् ।’

मुक्का प्रहारबाट आफू लडेको बताउँदै प्रहरीसँग महिलाले भनेकी छन्, ‘लडेपछि एकछिन भुइँमै झपक्क भएँ । उठेर हेर्दा झुण्डिएको देखें ।’ लगत्तै झ्यालमा झुण्डिएका ठगुन्नाको सलको पासो खोलेको उनले बयान दिएको अनुसन्धानमा खटिएका प्रहरीले जनाएका छन् । २० वर्षका ठग्गुना र ३० वर्षीया ती विवाहिता महिला डेढ वर्षदेखि सँगै थिए । महिलाको श्रीमानको मृत्यु भइसकेको प्रहरीको भनाई छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७